सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मकैद सजाय पाएका थरुहट मोर्चाका नेता लक्ष्मण थारुको नयाँ खुलासा(भिडिओसहित)

दिनेशखबर विशेष

२०७७ पुष ५, ०७:५८ लखन चौधरी

धनगढीः टीकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलद्वारा जन्म कैद सजाय सुनाइएपछि थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु एकाएक गुमनाम छन्। उनी प्रहरीको खोजीमा समेत परेका छन्।

उच्च अदालत दिपायलले पुस २ गते सुनुवाइ गर्दै जन्म कैद फैसला सुनाएको छ। 

फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं को कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(४) बमोजिम जन्म कैद हुने ठहर छ। निजलाई सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ।’

यसअघि २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले सो मुद्दाको सुनुवाइ गर्दै थारुलाई ३ वर्ष जेल सजाय सुनाएको थियो । तर ३ वर्ष जेल सजाय पूरा गरेर उनी रिहा भएका थिए।

लक्ष्मण थारुको अबको योजना यस्तो 
तर मुद्दाका प्रतिवादी रहेका थारुले अदालतको फैसलापछि अदालत उपस्थित नहुने प्रतिक्रिया दिएका छन्। आइतबार गोप्य स्थानबाट दिनेशखबरलाई अन्तरवार्ता दिदै थरुहट नेता थारुले अदालतको फैसला दूराशययुक्त भएको प्रतिक्रिया मात्र दिएनन्।

उनले आफूले कहिल्यै आत्मसमर्पण नगर्ने बताए।

उनले भने,‘म डराएको छैन। भागेको छैन। मलाई गम्भीर बनाएको छ, अदालतको फैसलाले। फैसला नश्लीयतपूर्ण छ। राजनीतिक चलखेल भयो, जुनभाग्यपूर्ण छ। हामी कुनै पनि हालतमा यो फैसला मान्न तयार छैनौ। हामी आत्मसमर्पण गर्दैनौ।’

जिल्ला अदालतको फैसलापछि आफु जेलमुक्त भएपछि आफुहरुको गतिविधि अरु दललाई साह्य नभएको आरोप लगाउँदै आफुहरुको गतिविधि नियन्त्रण गर्न जन्मकैदको फैसला सुनाइएको उनको भनाइ छ।

‘म जेलबाट छुटेपछि दर्जनौं कार्यक्रम गरे। लाखौं कार्यकर्ता भेटे र संगठित गयौ। जुन शासकहरुलाई पचेन। आफ्नो पार्टीमा बोलाउँछन्। थारु समुदाय अधिकार नखोजोस् भन्ने चाहान्छन्। तर हामी दासत्वको विरुद्ध लडिरहेका छौ। विद्रोहमा छौ।’

त्यस्तै अवको विद्रोह शान्तिपूर्ण र हतियाररहित राष्ट्रिय मुक्तिको अभियान रहने नेता थारुले बताएका छन्।

दिनेशखबरले अर्का थरुहट नेता रेशमलाल चौधरीसँग पनि सम्पर्क गरी उनको प्रतिक्रिया लिने प्रयास गरिरहेको छ। 

साथसाथै टीकापुर घटनामा मारिएका प्रहरी परिवारका सदस्यसँग पनि हामी सम्पर्क गरी प्रतिक्रिया लिँदैछौँ।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस