नयाँ ऐनको विरोधमा चिकित्सकद्धारा सेवा ठप्प (भिडियो सहित)
चरणवद्ध आन्दोलनमा रहेका चिकित्सले गरे ऐन हेरफेरको माग
नयाँ ऐनका कारण डाक्टरहरुले पलायन हुनुपर्ने भन्दै उनीहरुले आफ्नो लाईसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन । ऐनले डाक्टरको पेशालाई थप असुरक्षित बनाएको भन्दै विरोध गरिरहेका छन । ऐनमा विरामी मरेमा डाक्टरले मारे सहन हुने भनेपछि चिकित्सक सशंकित भएका हुन । ६ हजार लाईसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएका उनीहरुले आज जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत गृह मन्त्रालयमा मुलुकी ऐनको हेरफेरका लाागि भन्दै ज्ञापनपत्र बुझाएका छन ।
प्रदेश नम्बर ७ को मेडीकल मवको रुपमा विकास भैरहेको धनगढीका चिकित्सकहरुले नयाँ ऐनले पलायनको हुनु पर्ने अवूथा आएको बताएका हुन । नेपाल चिकित्सक संघले ६ हजार लााईसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको नेपाल चिकित्सक संघ कैलालीका अध्यक्ष डाक्टर प्रमोद जोशीले वताए ।
डाक्टरहरुको आन्दोलनका कारण प्रदेश नम्बर ७ सहित देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन । सेती अञ्चल अस्पतालमा समेत आईतबार डाक्टरहरुले बिरामीको उपचार गरेनन् । मनोवल कमम्जोर पर्ने गरी ल्याइएको मुलुकी ऐनले बिचल्ली भएकोले त्यसको हेरफेर गर्न सरकारलाई आग्रह गरेको नेपाल चिकित्सक संघका सचिब प्रदीप मिश्रले वताए ।
नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएपछि डाक्टरहरुले जोखिम लिएर बिरामीलाई बचाउन नसकिने र डाक्टर नेपालबाट पलाएन हुने भन्दै आन्दोलित भएका हुन ।