गर्मीमा नरिवलको पानी सेवन गर्नुका फाइदाहरु
गर्मी समयमा धेरै जसो मानिसहरुले चिसो खान मन पराउछन त्यसैले काँचो नरिवललाई पनि एक चिसो पोषक तत्वको रुपमा मानिन्छ । पोषक तत्वले भरिपूर्ण काँचो नरिवलको पानी स्वाद र स्वास्थको दृष्टिकोणले एकदमै फाइदाजनक छ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ ।
नरिवलको पानीले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ । यसले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ । यदि तपाई आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने आफ्नो आहारमा नरिवलको पानी पनि समावेश गर्नुहोस ।