प्रदेश नम्वर ७ का स्वास्थ्य संस्था नै बन्द हुने गरी स्वास्थ्य विभागद्वारा कर्मचारीको सरुवा
कर्मचारीलाई रमाना नदिने निर्णय
२०७५ भदौ २२, ०६:५०
संघिय स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले प्रदेश नम्वर ७ का स्वास्थ्य संस्था नै बन्द हुने गरी स्वास्थ्यकर्मीहरुको सरुवा गरेको छ । भएकै दरबन्दीमा पनि झण्डै एक सय ५० जनाको पद रित्त रहेका बेला स्वास्थ्यकर्मीको सरुवा भएको हो । स्वास्थ्य विभागले मंगलबार मातहतका कार्यालयका स्वास्थ्यकर्मीहरुको एकमुष्ट सरुवा गर्दा सबैभन्दा बढि प्रदेश ७ का स्वास्थ्यकर्मीको अन्य प्रदेशमा सरुवा गरेको छ । तर प्रदेश ७ मा सरुवा भएर आउने कर्मचारीको सङख्या भने त्यस्को ५ प्रतिशत मात्रै रहेको प्रदेश ७ स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
प्रदेश नम्वर ७ का स्वास्थ्य सस्थाबाट मात्रै सरकारले झण्डै एक सय जना कर्मचारीको सरुवा गरेको छ । कर्मचारी अभावमा स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या भइरहेका बेला यो प्रदेशका कर्मचारीलाई पनि अन्य प्रदेशमा सरुवा गरिएकाले सरुवा कर्मचारीलाई रमाना नदिने निर्णय गरेको अवस्थीले बताए । सरुवा भएका हरेक पदमा कर्मचारी पूर्ति नहुँदासम्म हाल सरुवा गरिएका स्वास्थ्यकर्मीहरुलाई प्रदेशबाट रमाना गरी पठाउन नसकिने उनले बताए ।
विभागले गरेको सरुवा अनुशार कर्मचारी खटनपटन भए प्रदेशका कतिपय स्वास्थ्य सस्थानै कर्मचारी अभाले बन्द गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

कमेन्ट लोड गर्नुस