डडेल्धुरामा खानेपानीको माग गर्दै अमरगढी नगरपालिका घेराउ
बिमल बोहरा, डडेल्धुरा : खानेपानीको माग गर्दै डडेल्धुराको अमरगढी नगरपालिका घेराउ गरिएको छ। नगरपालिकाको वडा नम्बर ८ का स्थानीय खानेपानीको माग गर्दै आन्दोलित भएका हुन।
वडाको खनमडा, टाँटर र लटाउलीमा खानेपानीको चरम अभाव भएकोमा नगरपालिकाबाट समस्या निराकरणका लागि कुनै पहल नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन।
नाराजुलुससहित गाउँबाट आएका उनीहरुले कार्यालय घेराउ गरेपश्चात जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन्।