नेताहरुको भाषणमै सिमित सेती अञ्चल अस्पतालको स्तरोन्नती
राजनीतिक दलका नेताहरुले खेलौना बनाउँदा सेती अञ्चल अस्पताल स्तरोन्नतीको मुद्धा अन्योलमा परेको छ । प्रदेश भरीका अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा आएसंगै प्रदेश सरकारले ५ सय शैयाको बनाउने दावी गरेको थियो तर स्तरोन्नती गर्दै कार्यान्वयनमा लैजानका लागि कसैले चाँसो दिएका छैनन् ।
प्रतिनिधि सभा सदस्य नारदमुनी राना भने, सेती अञ्चल अस्पताल तीन सय शैयामा स्तरोन्नती भईसकेको र दरबन्दी मिलान मात्रै बाँकी रहेको दावी गर्दै आएका छन्। तर तीन सय शैयामा स्तरोन्नती भएको निर्णय न संघको स्वास्थ्य मन्त्रालयलाई जानकारी छ, न प्रदेशको सामाजिक विकास मन्त्रालयलाई जानकारी छ, न त सेती अञ्चल अस्पताललाई नै। सांसद रानाले मात्रै अस्पताल स्तरोन्नती भएको निर्णय कसरी थाह पाए र त्यो निर्णय कार्यान्वयन किन भईरहेको छैन भन्ने विषमा कुनै पनि सम्वन्धित निकायलाई पनि जानकारी छैन्। स्वास्थ्य मन्त्रालयका उप सचिव बाबुरामा खनाल भने सेती अञ्चल अस्पतालको स्तरोन्नती नभएको बताउछन्। उनका अनुसार अस्पताल प्रदेशको मातहतमा गईसकेको तर स्तरोन्नती कस्ले गर्ने भन्ने विषयमा अन्योलता कायमै रहेको छ।
सेती अञ्चल अस्पताललाई तीन सय शैयाको बनाउने निर्णय मन्त्री परिषदले नै गराएको भन्दै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा काग्रेस नेतृ आर्जु राणा देउवाले प्रचार गरिएको बर्ष दिन वितिसकेको छ। तर अहिले सम्म अस्पतालले स्तरोन्नतीको पत्र पाएको छैन्। काग्रेस नेतृ राणाले तीन सय शैयाको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले ५ सय शैयाको प्रादेशिक अस्पताल वनाउने दावी गरेका थिए र अहिले पनि अस्पतालको स्तरोन्नती भईसकेको दावी गर्दै आएका छन्। तर अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि कर्मचारीले तलव समेत खान नपाएको प्रदेश ७ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिह कार्कीको भनाई छ। एनका अनुसार पनि अस्पताल स्तरोन्नतीको विषयमा मन्त्रालयलाई कुनै जानकारी छैन। सेती अञ्चल अस्पतालको स्तरोन्नती नेताहरुको भाषणमै सिमित भएको हो। नारदमुनी रानाले चुनावपछि र आर्जु राणाले चुनाव अघि आफ्नै पहलमा स्तरोन्नती गराएको आधिकारीक जानकारी कहिले अस्पताल सम्म पुग्ने हो कसैलाई थाह छैन्। प्रदेशभरीका सवै अस्पताल प्रदेश सरकारको मातहतमा आएसंगै संघिय सरकारले प्रदेशले नै स्तरोन्नती गर्नुपर्ने बताईरहेको छ भने प्रदेश सरकार त्यो विषयमा अहिले धेरै जानकार छैन्।
प्रदेशको मातहतमा आउने वित्तिकै प्रदेशको सामाजिक विकास मन्त्रालयले त अस्पताललाई ५ सय शैयाको बनाउनका लागि अध्ययन भईरहेको दावी गरेको थियो। तर त्यस्को प्रक्रिया पनि अगाडी बढेको छैन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार अस्पतालको स्तरोन्नती नहुँदा प्रदेश ७ का वासीन्दा आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन्। विगतमा केन्द्रिकृत शासन प्रणालीका कारण सेती अञ्चल अस्पताललाई स्तरोन्नती गर्न नसकिएको भन्दै यस क्षेत्रका नेताहरु पन्छीए। अव सेति अञ्चल अस्पतालाई कस्तो बनाउने जिम्मा प्रदेश सरकार र यसै क्षेत्रका नेताहरुको मातहतमा आएको छ तरपनि उनीहरुले अस्पतालाई स्तरोन्नती गर्नमा चाँसो दिएका छैनन्। नेताहरुले स्तरोन्नती आफ्नै पहलमा भईसकेको दावी गर्ने तर त्यस्को आधिकारी जानकारी समेत अस्पताल सम्म पुग्न नसक्नुले अस्पतालालाई राजनीतिक खेलौना मात्रै बनाईएको पुष्टि हुन थालेको छ।