सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहे गर्न नपाएको भन्दै बिजुलीको पोलमा चढे यी वृद्ध

२०७७ फाल्गुन २६, १०:४८

ऐजेन्सी: एक ६० वर्षीय वृद्ध बिहे गर्न नपाएको भन्दे बिजुलीको पोलमा चढेको घटना सार्वजनिक भएको छ। 

५ छोराछोरी रहेका उनी दोस्रो बिहे गर्न नपाएको झोकमा  पोलमा चढेका हुन। 

भारतको राजस्थानस्थित धौलपुरमा ५ सन्तानका बुवा र नातिनातिनीका बाजे बनिसकेका ६० वर्षीय वृद्ध सोबरन सिंह आत्महत्या गर्ने उद्देश्यले ११ हजार भोल्टेज क्षमताको बिजुलीको पोलमा चढेका छन्। 

तर पोलमा चढेर तारलाई छुन कोसिस गरेका उनलाई करेन्ट लागेन किनकी त्यतिबेला तारमा बिजुली थिएन। 

वृद्धको उद्देश्य थाहा पाएपछि परिवार र गाउँलेले स्थानीय बिजुली सवस्टेसनका कर्मचारीलाई खबर गरेपछि लाइन काटिएको थियो।

गाउँले र परिवारले सम्झाएपछि बल्ल ती वृद्ध पोलबाट बाहिर ओर्लिए। 

ती वृद्धकी पत्नीको मृत्यु ४ वर्षअघि भएको थियो।

कमेन्ट लोड गर्नुस