‘हाईडेटिक किस्ट’ को शल्यक्रिया
२०७५ असोज ९, ०३:००
माया मेट्रो अस्पताल धनगढीमा दुरविन प्रविधिबाट कलेजोको दुर्लभ रोग ‘हाईडेटिक किस्ट’ को सफल शल्यक्रिया गरिएको छ ।
डाक्टर विनय तिमिल्सिना र वरिष्ठ एनेस्थेस्टिस्ट डाक्टर मोहनराज भट्टराईले चार घण्टा लामो समय लगाएर बझाङको सुर्मा गाउँपालिकाकी २२ वर्षिया सेतु बोहराको शल्यक्रिया गरेका हुन । पेट दुख्ने, खाना अरुचि हुने लगायतका समस्याबाट पिडित सेतुले यसअघि धनगढीका अन्य अस्पतालमा उपचार गराउँदा सन्चो नभएपछि माया मेट्रो अस्पतालमा अपुगेपछि उपचार गरिएकोे अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए । अस्पतालले यो रोगको शल्यक्रिया प्रदेश ७ मा पहिलो पटक गरेको दावी गरेको छ ।
कमेन्ट लोड गर्नुस