धनगढीमा ९ सय ३० जनाको निशुल्क आँखा जाँच
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा आज निशुल्क आखाँ जाँच शिविर सम्पन्न भएको छ। धनगढी नेत्रालय, बैतडी समाज र उप–महानगरपालिकाको वडा नम्वर ४ को आयोजना भएको शिविरमा ९ सय ३० को आँखा जाँच गरिएको छ। ६५ जनाको मोतीयाबिन्दु शल्यक्रियाका लागि सिफारीस गरिएको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो। यस्तै २ सय ९९ जनालाई चस्मा वितरण पनि गरिएको उनले जानकारी दिए। शिविरमा बालबालीकादेखि ९५ बर्ष सम्मका बृद्धबृद्धाहरुले पनि आखा जाँच गराएका थिए। आँखा सम्बन्धि समस्या भएपनि अस्पताल सम्म नपुगेका विरामीलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको हो। धनगढी उप–महानगरका सबै वडामा निशुल्क आँखा शिबिर सञ्चालन गर्ने योजना अनुसार आज वडा नम्बर ४ बाट शिबिरको शुरुवात गरेको आयोजक बैतडी समाजका उपाध्यक्ष गजेन्द्रबिर चन्दले बताए।