सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुहामा एक सय सैयाको अस्पताल सञ्चालन हुने

२०७५ असोज १३, ०८:०८

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहामा एक सय सैयाको अस्पताल सञ्चालनको तयारी शुरु भएको छ। राष्ट्रिय नव जागृति माध्यामिक विद्ययालयको ५ विगाहको क्षेत्रमा नगरपालिकाले एक सय सैयाको अस्पाल निर्माण गर्ने बताएको छ। लम्की चुहा नगरपालिकाका जनप्रतिनिधि,  राजनितिक दलका प्रतिनिधि, विद्ययालय व्यवस्थापन समितिका प्रतिनिधि सहित अविभाबको भेलाले यस्तो निर्णय गरेको हो।
 शहरी विकास परियोजनाको आर्थिक सहयोगमा एक सय सैयाको अस्पताल निर्माण गर्ने लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाइले बताए।
 

कमेन्ट लोड गर्नुस