सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेका युवाले पाए नयाँ जीवन, अस्पताललाई सम्मान (भिडियो सहित)

२०७५ असोज १५, ०८:०४

करेन्ट लागेर गम्भीर घाईते भएका एक जना युवाले निसर्ग अस्पतालमा उपचार गरेपछि नयाँ जीवन पाएका छन् । करेन्ट लागेर गम्भीर भएका धनगढी उप महानगरपालिका वडा नम्बर १ का आशिष घिमिरेले सुदुरपश्चिमको सुविधा सम्पन्न निसर्ग अस्पताल हसनपुरमा उपचार पाएपछि नयाँ जीवन पाएका हुन्।

सेती अञ्चल अस्पतालमा उपचार सम्भव नभएको भन्दै फर्काईएपछि सुनचाँदी व्यवसायी समेत रहेका घिमिरेलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका लागि लगिएको थियो। गम्भीर अवस्थामा अस्पताल पुगेका उनलाई निसर्ग अस्पतालका स्वास्थयकर्मीले बचाएको भन्दै उनले धन्यवाद समेत दिएका छन्।

अस्पतालले बचाएको भन्दै विश्वकर्मा सुन चादी ब्यवसायी संजाल प्रदेश नम्बर ७ ले उपचारमा संलग्न डाक्टर र अस्पताललाई सम्मान गरेको छ। 

फिजिसियन डाक्टर रुबसनाथ योगी र एनेस्थेसिया तथा क्रिटिकल केयर डाक्टर हेमन्त ओझा लगायतको टीमले उनलाई नयाँ जीवन दिएका हुन्। धनगढीमा रहेको सुर्मा साईपाल सुनचाँदी गहना पसलका संञ्चालक तथा कैलाली सुनचादी व्यवसायी संघका कोषाध्यक्ष लालबहादुर घिमिरेका २२ बर्षिय छोरा आशिष घिमिरेलाई केहि दिन अघि पसलमै करेन्ट लागको थियो। 

गुणस्तरीय स्वास्थ्य सेवा सवैका लागि भन्ने मुल भावलाई आत्मसात गदै संञ्चालनमा आएको प्रदेश नम्बर ७ को सुविधा सम्पन हस्पिटलका रुपमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गदै आएको अस्पतालका सञ्चालक कुवेर शाहीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस