सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा हवाई सहायताको नाममा साढे ८ लाख खर्च (भिडियो सहित)

दुर्गममा कहिले पुग्छ स्तरीय स्वास्थ्य सेवा ?

२०७५ असोज १६, ०९:५६

प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बेला प्रदेश सरकार एयर लिफटिङ अर्थात हवाई सहायता मार्फत सीमित व्यक्तिमा लाखौँ बजेट खर्च गरिरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत राखेको एयर लिफटिङ अर्थात हवाई सहायता सेवाका नाममा कार्यविधि नबनाएरै बजेट खर्च गरिरहेको छ।

प्रदेश सरकारले नौ वटै जिल्लामा जटिल प्रसुती, जटिल दुर्घटना र शर्पदंशका विरामीलाई एयर लिफ्टिङ अर्थात हवाई सहायत सेवा दिने भनेर चालु आर्थिक वर्ष २०७५/७६ का लागि १ करोड बजेट विनियोजन गरेको छ। विनियोजित बजेटले प्रति पटक अधिकतम ५ लाखमा २० पटकसम्म सेवा दिने व्यवस्था रहेको सुदूरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत तथा सूचना अधिकारी हेमराज खडकाले जानकारी दिए।

एयर लिफटिङ् सेवाका लागि आवश्यक बजेट विनियोजन गरिएता पनि खर्च कार्यविधि बनाइएको छैन् । कार्यविधि नबनेका बेला समाजिक विकास मन्त्रालयले दुई पटकसम्म सेवा प्रदान गरिसकेको छ । पहिलो पटक गत साउनमा ४ लाख ७५ हजार खर्च गरी बझाङको थलारा गाँउपालिका ७ की २५ वर्षिय जटिल अवस्थाकी प्रसुती महिला धुमा सार्कीलाई एयर लिफटिङ सेवा मार्फत कोहलपुरमा उपचारका लागि पठाइएको थियो।

दोस्रो पटक गत भदौँमा भीरबाट लडेर गम्भीर घाइते भएका बाजुराको हिमाली गाँउपालिकाका ३३ वर्षिय रणवीर भण्डारीलाई पनि ३ लाख ७५ हजार खर्च गरेर सेवा दिइएको थियो। खर्च कार्यविधि तयार भएर स्वीकृतिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको स्वास्थ्य शिक्षा अधिकृत खडकाले बताए। दुर्गम त्यसमा पनि गम्भीर अवस्थाका विरामीलाई एयर लिफटिङ सेवा मार्फत उद्दार गरेर स्वास्थ्य संस्था सम्म लैजाने प्रदेश सरकारको काम प्रशंसनीय भएपनि सीमित व्यक्तिको उपचारमा बजेटको ठुलो हिस्सा खर्च गर्नुपर्ने अवस्था छ।

प्रदेश सरकारले दुर्गममा स्तरीय स्वास्थ्य संस्था स्थापना गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बेला विना कार्यविधि एयर लिफटिङ सेवाका नाममा धमाधम बजेट खर्च गरिन थालेपछि प्रदेशबासीको स्तरीय स्वास्थ्य सेवाको सपना पूरा हुने कुरामा आशंका थपेको छ। एयर लिफटिङ मार्फत स्वास्थ्य सेवा दिदा सीमित व्यक्तिको उपचारमा ठुलो बजेट खर्च गर्नुपर्ने देखिन्छ।

तर सोही बजेटले प्रदेशमा स्तरीय स्वास्थ्य संस्था स्थापना गर्न सके प्रदेशबासीले दीर्घकालसम्म लाभ लिन सक्ने चिकित्सकहरु वताउँछन्। वरिष्ठ फिजिसियन डाक्टर सुवेशराज कायस्थले एयर लिफ्टिङ सेवा औलामा गन्न सक्ने सीमित व्यक्तिलाई दिन सम्भव हुदा ठुलो बजेट खर्च हुने भएकाले उक्त बजेटले विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्न सकिने भएकाले त्यो दीर्घकालीन समेत हुने सुझाव दिए।

शक्तीको पहुच भएका व्यक्तीहरुले मात्रै यो सेवा पाउँने हुदा प्रभावकारितामा पनि आशंका गरिदै आएको छ। अर्कोतिर जटिल प्रकृतिका विरामी भनिएता पनि आर्थिक अवस्थालाई ध्यान नै दिईएको छैन्। अहिले प्रदेश सरकारले एयर लिफटिङका लागि छुट्याएको १ करोड बजेटमा १ करोड ७५ लाख थपेर स्थानीय तहमै १५ शैयासम्मको प्राथमिक अस्पताल स्थापना गर्न सकिने स्वास्थ्य विज्ञहरुको बताएका छन्। जसबाट २० हजार भन्दा बढी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ।

यस्तै सरकारले १० करोडसम्मको लगानीमा प्रदेश स्तरीय प्राथमिक अस्पातल पनि स्थापना गर्न सक्ने देखिएको छ। तर पनि प्रदेश सरकार एयर लिफ्टिङ सेवाको नाममा वर्षेनी करौडौ रकम खर्च गरिरहँदा यसवाट शक्तिमा भएका, नेता कार्यकर्ता र उनीहरुका आसेपासेलाई लाभ होला तर ३० लाख प्रदेशवासीले स्वास्थय उपचारवाट वन्चित हुनु परिरहेको छ।

 

कमेन्ट लोड गर्नुस