भारतमा औंलोले ५४ जनाको मृत्यु भएपछि कैलाली कञ्चनपुरमा सतर्कता
भारतको बरेलीमा औंलोका कारण ५४ जनाको मृत्यु भएपछि कैलाली र कञ्चनपुरमा सर्तकता अपनाइएको छ। कैलाली र कञ्चनपुर क्षेत्र सिमा नजिक भएकाले औंलोको जोखिम बढ्ने देखिएपछि स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको हो। आज जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले बैठक बोलायर जिल्लाको सिमा नजिक ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ।
कैलालीको धनगढी स्थित गौरीफण्टा नाका र टीकापुरको खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क राखिने छ। भारतबाट नेपाल आउने नेपालीहरुको रगत परिक्षण गरि औंलो भएको-नभएको पहिचान गरीने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताए।