सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक प्रशान्त तामाङलाई मातृशोक

२०७८ वैशाख १४, ०४:३४ खबर संवाददाता

काठमाडौं : अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। उनकी आमा रूपा तामाङको निधन भएको हो।

प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो। कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन्।

‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए।

गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए।

कमेन्ट लोड गर्नुस