सुदूर नेपाललाई विश्वसँग जोड्दै

गीतकार सिग्देलको 'मुटुभित्र सीमा दुख्छ' सार्वजनिक (भिडियो)

२०७८ वैशाख १६, १०:३४ खबर संवाददाता

धनगढी: गीतकार भरत सिग्देलको राष्ट्रीय गीत 'मुटुभित्र सीमा दुख्छ'को म्युजिक भिडियो सार्वजनिक भएको छ। एम पि टू एन क्रियशनमार्फत् बुधबार सार्वजनिक गीतमा देशप्रेमको भाव झल्काइएको छ।

आफ्नो मुलुकको सीमा मुटुभित्र रहेको, सीमामा समस्या हुँदा देश दुख्ने र आफ्नै देशको भाषाभेष नै सबैभन्दा प्यारो रहेको भाव गीतमा पाइन्छ। विकास चौधरीको संगीतमा विकास लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियो काठमाडौ र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको हो।

नारद आचार्य सुदामा र केशव वैरागी माइलोको निर्माण रहेको भिडियोमा लय सङ्ग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भिमलाल तामाङ, शान्ती सिग्देल, अस्मिता सिग्देल, सुवास मेचे लगायतको अभिनय रहेको छ।

भिडियो निर्देशन उषा मलह सिम्रनले गरेका हुन्  भने छायाँकन खेम थापा मगरले गरेका छन्। गीतमा सिग्देलले आफ्नो मुलुकभन्दा बहुमुल्य अन्य चीज नरहेको भाव दर्शाएका छन्। तराई, पहाड, हिमाल सबै भु-भागको आ-आफ्नै विरताको गाथा रहेको सन्देश गीतमा दिइएको छ।

कमेन्ट लोड गर्नुस