सुदूर नेपाललाई विश्वसँग जोड्दै

कवि पोखरेललाई 'एन्टोन चेखोभ अन्तर्राष्ट्रिय पुरस्कार'

२०७८ वैशाख १८, ०८:०० खबर संवाददाता

११ औं अन्तर्राष्ट्रिय साहित्य महोत्सव चेकोभको शरद २०२० को यल्टा क्राइमियामा विश्व साहित्यमा योगदान पुर्‍याएबापत निर्णायक जूरीले कवि सन्तोष कुमार पोखरेललाई अत्यन्त प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार विजेता घोषित गरेका छन्।

पुरस्कार 'एन्टोन चेखोभ अन्तर्राष्ट्रिय पुरस्कार २०२०' हो। यस निर्णयको घोषणा अप्रिल २२, २०२० मा अन्तर्राष्ट्रिय महोत्सवको अनलाइन भिडियो सम्मेलनमा विश्वका ४५ देशका प्रतिनिधि कविहरू, लेखक र कलाकारहरूको समुपस्थितिमा गरिएको थियो।

केही हप्ता अघि कवि सन्तोष कुमार पोखरेललाई युक्रेनी साहित्यिक प्रतिष्ठानले प्रतिष्ठित निकोलाई गोगोल अन्तर्राष्ट्रिय पुरस्कार २०२१ बाट सम्मानित गरेको थियो।

कमेन्ट लोड गर्नुस