हास्य कलाकार पौडेललाई कोरोना संक्रमण
२०७८ वैशाख ३१, ०३:१७
काठमाडौं: अभिनेता एवम् निर्देशक शिवहरि पौडेललाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
रुघाखोकीले ग्रस्त उनलाई पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।
उनको राजधानीको एपीएफ अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ।
‘मुखमा हान्नु जस्तो’ थेगोबाट परिचित पौडेलले पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका थिए।
कमेन्ट लोड गर्नुस