अनुपम खेरका ट्विटरमा ८० हजार फलोअर्स घटे
काठमाडौं: बलिउड कलाकार अनुपम खेरका ट्विटरमा ८० हजार फलोअर्स घटेका छन्। खेरको सामाजिक सञ्जाल ट्विटरमा ३६ घन्टामा ८० हजार फलोअर्स घटेका हुन्।
उनले फलोअर्स घटेपछि ट्विट गर्दै भनेका छन्–‘प्रिय ट्विटर तथा ट्विटर इन्डिया। पछिल्लो ३६ घन्टामा मेरा ८० हजार फलोअर्स कम भएका छन्। ट्विटरको एप्लिकेशनमा केही खराबी आएर भएको हो या अरु केही कारणले। यो मेरो विचार मात्र हो, कुनै गुनासो होइन।’
उनको ट्विटरमा १ करोड ८७ लाख फलोअर्स रहेका बताइएको छ।