सुदूर नेपाललाई विश्वसँग जोड्दै

भू–माफियाले आफ्नी आमाको अपहरण गरेको भन्दै पाकिस्तानी नायिकाले मागिन् प्रधानमन्त्रीसंग सहयोग

२०७८ असार ५, ०७:५२ खबर संवाददाता

काठमाडौं: एक पाकिस्तानी नायिकाले भू–माफियाले आफ्नी आमाको अपहरण गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खासँग सहयोग मागेकी छिन्।

वास्तविक नाम इर्जिजा रुबाब भएकी ४४ वर्षीया पाकिस्तानी नायिका मीराले लाहोरको क्यापिटल सिटी पुलिस अफिसमा सम्पत्ती सम्बन्धी बिषयमा निवेदन दिएकी छिन्। मीराले मिया शाहिद महमुदले धम्की दिइरहेको, आफ्नो सम्पतीमा भाडामा बसेपछि त्यसलाई आफ्नो बनाउन हतकन्डा अपनाइरहेको आरोप लगाउँदै आफ्नी आमालाई समेत महमुदले अपहरण गरेको बताएकी हुन्।

मीराले आफ्नो जमिन कब्जा गर्न खोज्नेहरुको विरुद्धमा सरकारको प्रतिक्रियाको आफू प्रतिक्षारत  रहेको बताएकी छिन्। उनले ‘नजर, कसक, पाँच घन्टे मे पाँच करोड, शैतान’ लगायतका उर्दु, पञ्जाबी र बलिउड चलचित्रमा काम गरेकी छिन्। 
 

कमेन्ट लोड गर्नुस