सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सुष्मा र लक्ष्मीको अर्जेन्टिनाको समर्थनमा बोल्ड अवतार

२०७८ असार २७, १२:०६ खबर संवाददाता

धनगढी : नेपालमा अर्जेन्टिनाका समर्थक धेरै छन्। स्टार फुटवलर लियोनल मेसीका कारण पनि अर्जेन्टिनाका समर्थकको संख्या बढि छ। मेसीको टीमले आज मात्रै कोपा अमेरिकाको उपाधि जितेको छ।

फाइनलमा प्रवेश गरेदेखि नै अर्जेन्टिनाको पक्षमा सर्वसाधारण, कलाकार, नेता लगायतले धारण व्यक्त गरिरहेका छन्। कैलाली घर भएका मोडल सुष्मा अधिकारी र मोडल तथा गायिका लक्ष्मी आचार्यले अर्जेन्टिनाको जर्सीमा बोल्ड फोटो सार्वजनिक गरेका छन्।

अर्जेन्टिना फाइनलमा पुगेदेखि नै उनीहरुले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेका थिए भने आज उपाधि जितेपछि पनि उनीहरुले फोटो सार्वजनिक गरेका हुन्। 

गायिका तथा मोडल लक्ष्मी आचार्यले अर्जेन्टिनाको जर्सीमा फुटवलमाथि बसेर पोज दिएकी छन्। यता मोडल सुष्मा अधिकारीले रंगशालामा खिचेको फोटो शेयर गरेकी छिन्। दुई खुट्टाको विचमा फुटवल राखेर अर्जेन्टिनाको जर्सीमा देखिएकी सुष्माको तस्विरलाई रुचाइएको छ। 
 

कमेन्ट लोड गर्नुस