सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीज गीतमा कोरोना कहर

माछामाछो भ्यागुतो यसपालिको तीज

२०७८ साउन २, ०८:१० रासस

बागलुङ: ‘बाँच्नुपर्छ कोरोना जितेर
लाउलाउ सारी पोहोरकै झिकेर
एउटा फोटो खिच
माछामाछो भ्यागुतो यसपालिको तीज’

यो गीत सार्वजनिक भएको वर्ष दिन बित्यो। यसमा वर्णित परिस्थिति भने अझै बदलिएको छैन। कोरोना कहर उस्तै छ। तीज नजिकिएको छ। यसपालि पनि हाम्रा चाडपर्व कोरोनाको मारमा पर्ने निश्चित छ। 

गत वर्ष गायक दुर्गेश थापाले गाएको ‘माछोमाछो भ्यागुतो, यसपालिको तीज’को मर्म सकिएको छैन्। सायद, त्यही सोचेर हुनुपर्छ, थापाको उक्त गीतको लेडिज भर्सन सार्वजनिक गरिएको छ। अघिल्लै वर्ष चर्चा कमाएको उक्त गीत गायिका समीक्षा अधिकारी र अस्मिता जुरेलीको स्वरमा शुक्रबारदेखि डिजिटल बजारमा आएको हो।

गीतमा शब्द भने राम खत्री र दुर्गेश मिलेर लेखेका छन। सङ्गीत पनि दुर्गेशकै छ। उक्त गित ‘डि–सिरिज’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। लेडिज भर्सनका लागि शब्दमा केही हेरफेर गरिएको उनले बताए। “गत वर्ष मेरो एकल स्वरमा गीत आयो, धेरै दर्शक÷स्रोताले रुचाउनुभयो”, उनले भने, “त्यही गीत अहिले लेडिज भर्सनमा सार्वजनिक गरिएको हो।”

थापाले गीतका लागि चल्तीका गायिका रोजेका छन्। गीत सफल हुनेमा उनी विश्वस्त छन्। सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतले एक लाख बढी भ्यूज बटुलेको छ। गत वर्ष उहाँले गाएको सोही गीतले युट्युबमा एक करोड ३४ लाख बढी भ्यूज पाएको थियो। कोरोनाले तीज पर्वमा पारेको असर गीतमा यसरी प्रतिबिम्वित छ।

‘माइत पनि नगाको दुई साल भो
कोरोनाले अहिलेनी उही चाल भो’

दुर्गेशले विसं २०७६ मा ल्याएको तीज गीत ‘बीच–बीचमा’ले पनि धेरै दर्शक÷स्रोताको मन जितेको थियो। उक्त गीतको म्युजिक भिडियोलाई युट्युबमा हालसम्म एक करोड ५५ लाखभन्दा बढी पटक हेरिएको छ। तीजका सबै गीतमा उनको आफ्नै लगानी छ।

पछिल्लो समय तीज गीत गायनमा पुरुषको पनि उत्तिकै सक्रियता छ। तीज आउन झण्डै दुई महिना बाँकी छँदै गीत धमाधम सार्वजनिक भइरहेका छन्। कतिपय गीतमा महिलाका मुद्दालाई उठान गरिए पनि केहीले भने तीज गीतको सौन्दर्य गुमाउँदै गएका छन्। बागलुङमा जम्नुभएका दुर्गेश भने रमाइला र पृथक शैलीका गीत गाउन पोख्त छन्। हुनुहुन्छ। 

उनी गीतमा भन्छन्।

‘भाइको बिहे जुराथे बाहुनले
जन्त जान पाइएन लकडाउनले
एउटा फोटो खिच
माछोमाछो भ्यागुतो यसपालिको तीज’
 

कमेन्ट लोड गर्नुस