बिहे नगरी बच्चा जन्माउने इच्छा छ : नायिका नम्रता सापकोटा
धनगढी : नायिका नम्रता सापकोटाले बिहे नगरी बच्चा जन्माउने इच्छा रहेको बताएकी छिन्। विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको र त्यो पूरा गर्ने उनले बताइन्।
‘खेरी बिहे चाही होइन, तर म बच्चा चाही पाउँछु। विवाह गरेर हुन्छ वा नगरी हुन्छ। जे पनि हुनसक्छ,’ उनले भनिन्। नेपाली समाज परिवर्तन हुँदै आएको बताउदै उनले सोही अनुसार नै सिंगल मोदर बन्न चाहेको बताइन्।
पुरुष प्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकोेले यो अवधारणा आएको उनको भनाइ छ।