सिंगल मदर बन्छु भन्ने नम्रता भन्छिन् : मेरो सात पुस्तालाई गाली गरियो
काठमाडौं: अभिनेत्री नम्रता सापकोटा उनका अभिव्यक्तिका कारण सामाजिक सन्जालमा भाईरल छिन्। गतसाता एक टेलिभिजनसँगको अन्तर्वार्तामा नम्रताले आफूलाई सिंगल मदर बन्न चाहेको बताएपछि सामाजिक संजाल उनको पक्ष र विपक्षमा विभाजित भएको छ।
आफूलाई विहेभन्दा बच्चा पाउनु रहर भएको नम्रताको भनाई थियो। तर, यसैसाता अर्को एक अन्तर्वार्तामा उनले आफू स्पष्टावक्ता भएकाले कसैसँग डर मान्नुपर्ने कारण नभएको बताएकी छिन्। ‘हो, मलाई टिकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्।’
टिकटकको दुरुपयोग भएको बताउँदै नम्रताले एक घण्टाको कुरालाई तीन मिनेटमा सीमित राखेर बुझ्न नसकिने बताइन्। टिकटकमा हिट भएकै कारण चर्चामा आएकालाई पनि उनले सुझाउँदै लगाव र मिहेनतबाट आउन भनेकी छिन् । नम्रता पछिल्लो समय म्युजिक भिडिओ र सामाजिक काममा व्यस्त छिन्।