भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए
२०७८ साउन १६, ०८:३८
काठमाडौं: द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन्।
सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन्। टीम प्रमोदबाट किरण गजमेर,टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्।
अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन्।
कमेन्ट लोड गर्नुस