सुदूर नेपाललाई विश्वसँग जोड्दै

'संम्झिनी पानी छम्किनी'को नयाँ रेकर्ड, ३ दिनमा ३५ लाख बढी भ्यूज

२०७८ साउन १९, ११:५४ खबर संवाददाता

काठमाडौं : ‘संम्झिनी पानी छम्किनी’ बोलको गीतले नयाँ रेकर्ड कायम गरेको छ। गत शनिबारको रिलिज गरिएको गीतले ३ दिनमै ३५ लाख ५९ हजार भ्यूज कमाएको छ। यो गीत युट्यूब ट्रेन्डीङ नम्बर १ मा पनि परेको छ।

सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ। विक्रम स्वाँरको निर्देशनमा तयार भएको यो गीतमा नायक भूवन केसीले करिब एक दशकपछि कमब्याक गरेका छन्। 

यो गीतको भिडियोमा भूवनका साथमा दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ, गीता ढुंगाना, सम्राट चौलागाँई लगायतको अभिनय छ।

 

कमेन्ट लोड गर्नुस