सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्षय अभिनित चलचित्र ‘बेलबटम’को ट्रेलर सार्वजनिक

२०७८ साउन २०, ०८:२३ खबर संवाददाता

एजेन्सी: बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र‘बेलबटम’ को ट्रेलर सार्वजनिक भएको छ।

बलिउडमा खेलाडीको रूपमा चर्चित कलाकार अक्षयले सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रेलर सार्वजनिक भएको बताएका हुन्। चलचित्रमा अक्षय कुमारको साथमा वाणी कपुर, हुमा कुरैशी र लारा दत्ताको शीर्ष भूमिका रहेको छ। 

चलचित्र सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित छ। लगातार पाँच पटक प्लेन हाइज्याक भएपछि भारत सरकारले यस अप्रेसनका लागि एक जासुस ल्याएको थियो। जसको कोड नाम बेल बटम थियो। रंजित तिवारीले निर्देशन गरेको सो चलचित्र १९ अगस्टमा रिलिज हुनेछ। 

ट्रेलर हेर्नुहाेस् :

कमेन्ट लोड गर्नुस