सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमिताभ बच्चनको घरमा बम राख्ने धम्की

२०७८ साउन २३, ०५:३४

एजेन्सी: बलिउड मेगास्टार अमिताभ बच्चनको घरमा बम राख्ने धम्कीपछि सुरक्षामा कडाइ गरिएको छ। 

मुम्बईका पुलिस अधिकारीले शुक्रवार राति एक फोन आएको र छत्रपति शिवाजी महाराज टर्मिनस (सीएसएमटी), भायखला, दादर रेलवे स्टेशन र अभिनेता अमितभ बच्चनका जुहूस्थित घरमा बम राखिएको जानकारी पाएको बताएका छन्।

पुलिस अधिकारीका अनुसार फोन प्राप्त भएपछि, सरकारी रेलवे पुलिस, रेलवे सुरक्षा बल, बम डिटेक्शन र डिस्पोजल स्क्वाड, कुकुर स्क्वाड र स्थानीय पुलिस कर्मचारीहरुसंगै ती स्थानहरुमा पुगेर खोजी अभियान चलाएको छ। 

कमेन्ट लोड गर्नुस