टिकटक बनाएरै एक लाख जित्ने अवसर
काठमाडौंः ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ। यस प्रतियोगिताका लागि निःशुल्क रजिस्ट्रेशन गर्न सकिनेछ।
ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माका अनुसार आफ्नो इच्छाअनुसार जुनसुकै किसिमको भिडियो बनाएर सहभागी हुन सकिनेछ। यसका लागि सहभागीले ग्यापुको वेबसाइटमा गएर ‘टिकटक हिरोज’को ब्यानरमा क्लिक गरी रजिस्टर भन्ने अप्सनमा गएर आफ्नो सहभागिताका लागि फारम भर्नुपर्ने हुन्छ। अथवा सहभागीले ग्यापुको मोबाइल एपमार्फत पनि फारम भर्न सक्छन्।
साउन ३१ गतेसम्म सहभागीले आफ्नो नाम प्रतियोगिताका लागि दर्ता गराउन सक्ने जनाइएको छ। यसअन्तर्गत पहिलो हुने सहभागीले एक लाख रुपैयाँको नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले विभिन्न गिफ्ट ह्याम्परहरु पाउनेछन्।