निर्देशक थापालाई कोरोना सङ्क्रमण
२०७८ साउन २९, १०:४१
धनगढी: फिल्म निर्देशक तीर्थ थापालाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
केही दिन अगाडि सङ्क्रमण पुस्टि भएका थापाले अहिले आफू होम आइसोलेसनमै रहेको र स्वास्थ्य सामान्य रहेको बताएका छन्। उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका फिल्म निर्देशन गरेका छन्। उनी नेपाल संस्कृति सङ्घका अध्यक्ष पनि हुन्।
कमेन्ट लोड गर्नुस