सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष्प र जिसुको ‘हेर्ने हो र देखाइदिम’ गीत विवादित बन्दै

२०७८ साउन ३१, ०१:२४ खबर संवाददाता

धनगढीः ३ दिन अगाडि मात्र गायक यज्ञ वीक र गायिका शान्तीश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतको भिडियो सार्वजनिक भयो। यो गीतको शब्द भने दुई अर्थी दिने खालको छ। किनकी, गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भन्दै गर्दा गायकले ‘के’ भनेर प्रश्न सोधेका छन्। यो शब्दलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले समेत प्रश्न उठाएका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक–गायिकाहरुलाई द्धिअर्थी शब्द प्रयोग गरेर गीत नगाउन आग्रह पनि गर्दै आएको छ। तर, पनि गायक–गायिकाले प्रतिष्ठानको आग्रहलाई वेवास्ता गर्दै आएका छन्।

सार्वजनिक यो गीतमा राजु सुनामको शब्द तथा संगीत छ। मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ। भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ।

नेपाली लोकसंगीतमा प्रयोग हुने यस्ता शब्दहरुका कारण नै सिंगो संगीत उद्योग विवादित बन्दै आएको छ।

कमेन्ट लोड गर्नुस