जियाको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा दीपिका
एजेन्सी: बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने भएकी छन्।
दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन्। दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा घेरिएकी छन्।
उनले गरेको निर्णयलाई सामाजिक सञ्जालमा थुप्रै गाली र नराम्रो प्रतिक्रिया दिइएको छ। दीपिकाले राखेका २ वटा कुर्ता लिलामीमा राखेकी छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकाले जिया खानको अन्तिम संस्कारमा लगाएको कुर्ता लिलामी गर्नु तल्लो स्तरको निर्णय भएको बताएका छन्।