सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नेपाल आइडल सिजन–४’को अडिसन सुरु

२०७८ भदौ ३, ०६:४८ खबर संवाददाता

धनगढीः सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन अहिले धमाधम भइरहेको छ। मंगलबाट सुरु भएको अडिसन ३१ भदौसम्म चल्ने आयोजकले जनाएको छ।

अडिसन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपीवानको एप्लिकेसन डाउनलोड गरेर गर्न सकिनेछ। अडिसनका लागि आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ।

डिजिटल अडिसनमा पास भएकाहरुले मात्र फिजिकल अडिसनमा सहभागी हुन पाउनेछन्। डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन्।


विगत ३ सिजनका निर्णायक अहिले परिवर्तन हुने भएका छन् । त्यसैले यो सिजनमा को को निर्णायक रहने अहिले निश्चित भइसकेको छैन ।

कमेन्ट लोड गर्नुस