सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमानलाई विमानस्थलमा सुरक्षाकर्मीका जवानले रोके (भिडिओ सहित)

२०७८ भदौ ५, ०६:०७ खबर संवाददाता

काठमाडौँ: बलिउड अभिनेता सलमान खानलाई विमानस्थलमा सुरक्षाकर्मीका जवानले रोकेका छन्। उनी विमानस्थल प्रवेश गरिरहेका बेला केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि गेटमै रोकिदिएका हुन्।

उनलाई सुरक्षा बलले रोकेको भिडिओ बाहिरिएको हो। भिडिओमा विमानस्थलमा टिकट र परिचयपत्रको अनुसन्धान चलिरहेको बेला सलमानलाई रोक्दै पापाराजीलाई पछि हट्न भनेको सुनिन्छ। त्यसपछि सलमानको टीमसँग उभिएको देख्न सकिन्छ। भारतीय मिडियाका अनुसार सलमान फिल्मको छायांकनका लागि रुस जान लागेका हुन्।

साथमा कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेकी छिन्। यी दुईलाई मुम्बई विमानस्थलमा देखिएको थियो। सबैलाई लाग्ने नियम सलमानलाई पनि लगाएकोमा धेरैले सामाजिक सञ्जालमार्फत ती सुरक्षाकर्मीको तारिफ गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस