हाँस्य कलाकार शम्भुराज थापाको निधन
२०७८ भदौ ५, ०८:०८
काठमाडौँ: सानो पर्दाका लोकप्रिय कलाकार शम्भु राज थापा ‘बखते’को निधन भएको छ।
एक महिनाअघि कोरोना संक्रमित भएका ६४ वर्षीय थापाको पाटन अस्पतालमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो। थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरी बास्सै लगायत दर्जनौं टेलिश्रृंखलाहरुमा अभिनय गरेका छन्।
कमेन्ट लोड गर्नुस