प्रभासको ‘सालार’मा जगपति बाबु
एजेन्सी: बलिउड सुपरस्टार प्रभास र श्रुति हासनको मुख्य भूमिका रहेको फिल्म ‘सालार’मा जगपति बाबु भित्रिएका छन्।
निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै जगपति बाबु भित्रिएको जानकारी दिएको हो। पोष्टरमा जगपति बाबु राजामनारको भूमिकामा देखिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्मको महत्त्वपूर्ण भूमिकामध्ये एक हो। ‘केजीएफ’ र ‘केजीएफ २’ का निर्देशक प्रशान्त नीलको ‘सालार’ एक लार्जर देन लाइफ फिल्म हो।
केजीएफ सीरीजपछि निर्देशक प्रशान्त नील होम्बले फिल्मस् बीच यो तेस्रो सहकार्य हो। फिल्मको २० प्रतिशत छायाँकन सकिएको छ। बाँकी २०२२ फेब्रुअरीसम्ममा गरिनेछ। फिल्मका निर्माता विजय किरागन्दरले फिल्मलाई बाहिर ल्याउन धेरै पर्खन नसक्ने बताए। होम्बले फिल्मस्को निर्माण रहेको ‘सालार’ एक्सन, एडवेन्चर फिल्म समेत भएको बताइएको छ।