सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाटो हेरी बसे म (कविता)

२०७८ भदौ १४, ०५:२५

बाटो हेरी बसे म तिमीसँग भेट भइन
मन मिल्ने दिलकी रानी तिमी देखिएनौं
समय बित्छ सारा तिमीलाई सम्झिएर
परदेश पनि कसरी जानु मैले तिमीलाई भुलेर

तिमीलाई सम्झेर म भेटन आए तिम्रो ठाउँमा
मनको चाहानामा तिमी भएर पुगे तिम्रो घरमा
जिन्दगीका यादहरुमा तिमी नै तिमी हुन्छौ
यो मेरो दिलभित्र तिम्रो नै बास हुन्छ

तिमी भएपछि यो जिन्दगीले नयाँ आशा बोक्छ
तिमीसँग बिताएका पलहरुले नयाँ सपना देखाउँछ
तिमीलाई भेटनु थियो तर समयले साथ दिएन
गहिरो छ सम्बन्ध हाम्रो तर खुलेर कुरा गर्न पाएन    

 

-गोबिन्द  ओझा, दिपायल सिलगढी नगरपालिका– दिपायल डोटी        
 

कमेन्ट लोड गर्नुस