कैलालीका मुकुन्द भट्टको निर्देशनमा बन्ने ‘एक्स ९’को प्रि–प्रोडक्सन सुरु
धनगढी : कैलालीका मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’को प्रि–प्रोडक्सन सुरु भएको छ। निर्देशक भट्टले प्रि–प्रोडक्सन सुरु भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य नायकको रुपमा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल समेत छानिएका छन्।
फिल्मको नेगेटिभ भूमिकाका लागि उनले बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ। आउँदो पुसको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने भनिएको फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन्। गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन्।