सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौलिक देउडा गीत ‘न सुवा पट्टिन्छै’ सार्वजनिक [भिडिओसहित]

२०७८ भदौ १७, ०५:२१ खबर संवाददाता

कैलाली: सर्जक तथा गायक भरत थापाको ‘न सुवा पट्टिन्छै’ बोलको मौलिक देउडा गीत सार्वजनिक भएको छ। बिहीबार म्युजिक टिभी नेपाल युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गायक थापा र गायिका कल्पना बिसीको आवाज रहेको सो गीतमा सर्जक हर्क बिवश खनालको शब्द तथा गायक थापाको संगीत रहेको छ। 

रमेश बिजुली बिसीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनय पनि निर्देशक स्वयम् विसीले नै गरेका छन्।भने उनलाई मोडल झरना बोहराले साथ दिएकी छिन्। उक्त गीतमा ठट्यौली गर्दै युवा युवतीबीचको माया प्रेमको चर्चा गरिएको छ।  

म्युजिक भिडियोलाई पिआर जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। विगतका देउडा गीतहरू जस्तै यो गीत पनि दर्शकहरूको रोजाईमा पर्न सफल हुनेछ भन्ने आशा गरिएको छ। 

पश्चिमेली भाषा कला सँस्कृती उजागर गर्ने उदेश्यले प्रस्तुत गरिएको सो गितको भिडियो कैलालीका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ।

 

कमेन्ट लोड गर्नुस