सिद्धार्थकी प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो
काठमाडौं: बिहिबार निधन भएका बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो। ‘बीग बोस १३’बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो। सिद्धार्थको निधनको खबरसँगै शहनाजको स्वास्थ्य अवस्था बिग्रिएपछि उनले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी बताइएको छ। एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन्।
सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको बताएका छन्। ‘बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन्।