कर उठाउ (गजल)
आशुको कर उठाउ म बाट हाँसेको कर उठाउ
निकै महङ्गो लाग्छ जीवन बाचेको कर उठाउ
कान्ला रित्तिए रित्तिउन मलाई बालुवा तपाउ
छोरो फर्किला आमाले माया साचेको कर उठाउ
गृहिणी मोटाईछन् सरकार देखेनौ क्यार तिमीले
बच्चा हुनसक्छ पेटमा उसले जाँचेको कर उठाउ
कुनैदिन सिर मुन्डिन सक्छ बा को वर्षिकी हुनसक्छ
म छाति पिटुला धर्ती ठोकौला तिमी नाचेको कर उठाउ
जिब्रो मेरो हो तिमी गलत भए गलत भन्न सक्छु
आउ मबाट तिम्रो नियम भाँचेको कर उठाउ ।।
- विक्षिप्त प्रकाश