जानी राखौँ रक्तअल्पता भए कस्ता लक्षण देखिन्छन्
कुनैपनि रोग लाग्दा त्यसका संकेत देखापर्छन्। जब त्यस्ता लक्षण देखिन्छन, हामी सर्तक भइ रोग पहिचान गर्नतर्फ लाग्नुपर्छ। यसो गरे हामी जटिल अवस्थामा पुग्नबाट जोगिन्छौँ। आज यहाँ हामी रक्तअल्पता के हो ? किन र कसरी हुन्छ ? के के कुरामा हामी सर्तक रहनुपर्छ ? तथा रक्तअल्पता भएमा के हुन्छ ? रु यसले कस्ता जटिलता निम्त्याउछ भन्ने विषयमा चर्चा गर्दैछौँ।
रक्तअल्पता के हो त ?
रक्तअल्पत्ता रक्त सम्बन्धिको एक प्रकारको विकार हो। रक्तअल्पत्ता भएमा शरीरमा रातो रक्तकोषिकाको कमी हुने गर्छ। शरीरमा रगतको कमी भएमा शरीरमा हेमोग्लोविनको मात्रामा कमी हुन्छ । जसका कारण हाम्रो शरीरले सही तरीकाले काम गर्न सक्दैन। रातो रक्त कोषिकाले शरीरमा अक्सिजनको प्रवाह गर्नुका साथै शरीरमा भएको कार्बन डाइअक्साइडलाई बाहिर फाल्ने काम गर्छ। यसको अभावमा शरीरले कार्बन डाइअक्साइड फाल्न नसकेर शरीरमा विषाक्तता हुने गर्छ। परिणाम स्वरुप, शरीरमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तन्छ। त्यसमध्यको एक रक्तअल्पत्रा पनि हो।
रक्तअल्पत्रा विभिन्न कारणले हुन्छ। तर रक्तअल्पत्रा भएका शरीर थाक्ने तथा कमजोर हुने गर्छ। यसबाहेक अन्य लक्षण देखिएमा तुरुन्तै उपचार गराउनुपर्छ।
हात तथा आखाको मुनीको भाग पहेलो हुनु
शरीरले पर्याप्त मात्रामा अक्सिजन नपाएमा वा शरीरमा रातो रक्त कोषिकाको मात्रा कम भए, छालाको रङ्ग परिवतिर्त भई छाला पहेलो हुने गर्छ। यो समस्या अनुहारमा मात्र नभएर हात, आँखामनुीको भाग, जिब्रो लगायत शरीरको सम्पूर्ण भागमा देखिने गर्छ।
मुटुको चालमा गडबडी
शरीरमा हेमोग्लोविनको मात्रा कम भए मुटुलाई रगत पम्प गर्नमा कठिनाई हुने गर्छ। जसले गर्दा मुटुलाई शरीरमा अक्सिजनको प्रवाह गर्न थप बलको प्रयोग गर्नु पर्दछ। जसले मुटुको चाल सम्बन्धि गडबडी निम्त्याउन सक्छ।
थकान
शरीरका अंगले आवश्यकता अनुसार अक्सिजन प्राप्त नगरेको खण्डमा शरीरलाई नियमित कार्यका लागि थप उर्जाको आवश्यकता पर्छ। जसले गर्दा शरीरले थकान महसुस गर्छ।
एकाग्रतामा समस्या
नियमित कार्य गर्नका लागि शरीरका प्रत्येक अंगलाई अक्सिजनको आवश्यकता पर्छ। र, मस्तिष्क यसबाट अछुतो रहँदैन। किनकी शरीरमा अक्सिजनको मात्रा कम भएमा हामी सही तरीकाले सोच्न सक्षम हुँदैनौ। परिणाम स्वरुप हामीलाई एकाग्रता कायम गर्न समस्या हुने गर्छ।
नङ्ग टुक्रने
नङ्ग टुक्रन्छ र भाच्निे समस्या छ भने पनि रक्तअल्पता भएको हुन सक्छ। किनकी नङ्गलाई स्वस्थ रहन पनि अक्सिजनको आवश्यकता पर्दछ।
ओठ फुट्नु
सुख्खा हावा, घाम तथा चिसोका कारण पनि ओठ फुट्ने तथा सुक्ने गर्छ। तर, रक्तअल्पत्राको समस्या भएमा ओठ विशेष भाग फुट्ने गर्छ र ओठको कर्नरलाई असर पार्छ।
पोषणरहित खानेकुराप्रति आर्कषण बढ्नु
विशेषज्ञहरुले अहिलेसम्म यसको कारण पत्ता लगाउन सकेका छैनन्। यद्यपी, रक्तअल्पत्राका विरामी चक, धुलो, माटो वा आइस प्रति आर्क्षित हुने विभिन्न अध्ययनहरुले जनाएको छ ।
रक्तअल्पत्ताको समस्या कम गर्ने प्राकृतिक उपाय
रक्तअल्पत्ता पनि विभिन्न प्रकारको हुन्छ। त्यसैले, यसको उपचार पनि रोगको प्रकृति अनुसार फरकफरक हुने गर्छ।
पेटभित्रको एसिडको स्तर बढाउने
जब पेटले पर्याप्त मात्रामा एसिडको उत्पादन गर्न सक्दैन, तब शरीरले खानालाई आवश्यकता अनुसार टुक्राउन सक्दैन। परिणामस्वरुप, शरीरले पोषण तत्व ग्रहण गरेपनि उक्त पोषकतत्व शरीरका विभिन्न अंगमा पुग्दैन।
जसले शरीरमा एसिडको स्तर बढाउन एप्पल साइडर भेनेगर, तथा अदुवाको सेवन गर्न सकिन्छ। त्यस्तै, फरमेन्टेट फुडको सेवन गर्न सकिन्छ।
फोलेटको मात्रा बढाउने
फोलेट भिटामिन बी ९ को एउटा प्रकार हो। यसले स्वस्थ रातो रक्त कोषिका उत्पादन गर्न तथा शरीरलाई सही तरीकाले कार्य गर्नमा महत्वपूर्ण योगदान र्पुयाउँछ। त्यसैले, फोलेटयुक्त खानामा हरियो सागसब्जी, गेडागुडी, मेवा, अमिलो फलफुलको सेवन गरेर पनि रक्तअल्पताको समस्या कम गर्न सकिन्छ।
बी १२ को मात्रा बढाउने
स्वस्थ रातो रक्तकोषिकाका लागि भिटामिन बी १२ अपरिहार्य मानिन्छ। शाकाहारी, गर्भवती महिला लगायतका व्यक्ति भिटामिन बी १२ को उच्च जोखिममा रहने गर्छन्। भिटामिन बी १२ विशेषगरी मासु, अण्डा, दुधजन्य पदार्थ, माछा तथा समुद्री जीवनमा पाइन्छ।
आइरनको सेवन गर्ने
शरीरको नियमित कार्यको लागि आइरनको पनि उत्तिकै आवश्यकता पर्छ। रातो रक्तकोषिकाको उत्पादनका लागि पनि यो अत्यावश्यक मानिन्छ। यसको अभावमा रक्तअल्पत्राको समस्या निम्तने गर्छ । शरीरमा आइरनको मात्रा दुई किसिमले बढाउन सकिन्छ, खाना र सप्लीमेन्टको सेवनद्धारा।
खानामा विशेषगरी रातो मासु, चुकन्दर, कलेजो, पालुङ्गो, ब्रोकाउली, बदाम, अन्न, गेडागुडी आइरनको राम्रो स्रोत मानिन्छ।