अभिनेता सोनुले २० करोड कर छली गरेको खुलासा
काठमाडौं: बलिउड अभिनेता सोनु सूदको घरमा आयकर विभागले सर्वे अपरेशन गरिरहेका छन्। शनिबार पनि उनको घरमा आईटी टिमको सर्वे जारी रहेको छ।
आईटी विभागका अधिकारीहरुले अभिनेता सोनु सूदसँग जोडिएका विभिन्न स्थानमा छानविन गरी २० करोडको ट्याक्स चोरी (कर छली) गरेको खुलासा गरेको भारतीय मिडियाहरुले जनाएका छन्। त्यस्तै अभिनेता सोनु सूदले २.१ करोड विदेशी दान, ६५ करोड फर्जी लेनदेन र जयपुरस्थित एक इन्फ्रा फर्मसँग मिलेर १७५ करोडको सर्कुलर लेनदेन गरेको आईटी विभागको दाबी छ।
सन् २०२० जुलाईमा अभिनेता सोनुले च्यारिटी फाउन्डेशन स्थापना गरेका थिए। आईटी विभागका अनुसार अभिनेता सोनुको उक्त एनजीओले १ अप्रिल २०२१ सम्ममा १८.९४ करोड डोनेशन पाएको छ।