‘प्रेम गीत ३’का अभिनेता राउत बने निर्देशक
धनगढीः नेपाली चलचित्र ‘प्रेम गीत ३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउत निर्देशन कार्यमा छिरेका छन्। राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन्। चलचित्र रिलीज नभएपनि विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिंग ब्राण्ड ‘डक्टर डेनिम’ले मनिषको शोलाई प्रमूख प्रायोजन गरेको छ।
काठमाडौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शो निर्माण गरेको छ। यो स्टान्डअप चलिरहेका अरु शोहरुभन्दा पृथक रहेको निर्देशक राउतले बताए। शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले बताए। शोका केहि श्रृंखला सार्वजनिक गरिएको छ। ‘इएफए इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउने उनको भनाई छ।