सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविना चौधरीलाई श्रीनारायण दाहाल स्रष्टा सम्मान

२०७८ असोज १३, ०८:०३ खबर संवाददाता

धनगढी: मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। समाजले वर्ष २०७८ को श्रीनारायण दाहाल स्रष्टा सम्मान कैलालीकी रविना चौधरीलाई दिने निर्णय गरेको हो।  भजनी नगरपालिका–९ की चौधरीले साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएकी छन्। उनको २०७२ सालमा थारू भाषाको ‘ओँरी’ गजल संग्रह प्रकाशन रहेको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी २० हजार रुपैयाँ पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस