‘सुसाइट नोट’ लेखेर नायिकाले गरिन् आत्महत्या
एजेन्सी: ‘सुसाइट नोट’ लेखेर एक नायिकाले आत्महत्या गरेकी छिन्। कन्नड टिभी एक्ट्रेस सौजन्या बैंगलोर स्थित आफ्नै घरमा मृत भेटिएकी छिन्। उनको शवसँगै चार पान्नाको सुसाइट नोट पनि भेटिएको उनले भारतीय मिडियाले जनाएका छन्। उक्त नोटमा लेखिएको छ ‘मेरो मानसिक स्थिती ठिक छैन, म अब यो भन्दा धेरै टेन्सन लिन सक्दिन।’
उनले लेखेकी छिन् ‘यस्तो कदम उठाएकोमा मलाई आफैंप्रति खेद छ। बाबा म तपाईलाई बहुत माया गर्छु। जबकी मैले तपाईसंग कुरा पनि गरेकी थिएँ। अब यो भन्दा बढी म झेल्न सक्दिन।’ प्रहरीले उक्त नोटको जाँच सुरु गरेको छ।
सौजन्या डेढ वर्षदेखी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्। सारीको पासो लगाएर उनी आफ्नै कोठामा झुण्डिएकी थिइन् भने प्रहरीले ढोका फुटाएर उनको शव बाहिर निकालेको थियो।
सौजन्याले टेलिश्रृङखलाको साथै दक्षिण भारतीय केही फिल्ममा पनि अभिनय गरेकी छिन्।