सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउथका सुपरस्टार जोडी नागा र सामन्थाबीच डिभोर्स

। फोटो स्रोत ।
२०७८ असोज १७, ०९:०५

एजेन्सी: साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीले डिभोर्स दिने भएका छन्। सामन्थाले एक प्रेस विज्ञप्तीमार्फत आफूहरुले अलग हुने निर्णय गरेको बताएकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तीमा लेखेकी छिन्–‘धेरै लामो समयको सोच विचार पछि म र नागा चैतन्यले फरक फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं। हामी सौभाग्यशाली हौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा पनि हामीविच विशेष बन्धन रहनेछ।’

सामन्थालाई डिभोर्सपछि जीवन अगाडि बढाउनका लागि नागाको तर्फबाट ५० करोड मिल्नेछ। सन् २०१७ को अक्टुबर ६ मा यी दुइले गोवामा १० करोड खर्च गरेर बिहे गरेका थिए।

कमेन्ट लोड गर्नुस