कमेडियनलाई आँचलको आग्रह– ‘व्यक्तिगत जीवनलाई कमेडीमा नजोड्नुस्’
काठमाडौंः अभिनेत्री आँचल शर्माले कलाकारको ब्यक्तिगत जीवनमा नराम्रो प्रभाव पार्न सक्ने बिषयबस्तु आफ्नो कमेडीमा बिषय नबनाउन कमेडियनलाई आग्रह गरेकी छन्। सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’मा उनले कलाकारको ब्यक्तिगत बिषयमा ब्यङ्ग्य गर्दा नकारात्मक असर नपर्ने गरेर गर्न आग्रह सुझाइन्।
‘कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले कार्यक्रममा आफ्नो प्रस्तुतिको क्रममा आँचलको विवाह अगाडि पलसँग रहेको प्रेमको हल्लाको बिषय समेत आफ्नो ब्यङ्ग्यको रुपमा प्रस्तुति दिएका थिए। सुन्दरको उक्त प्रस्तुतिमा उनी मज्जाले हाँसेकी थिइन्। विवाह अगाडि चलेको प्रेमको हल्लाको बिषय विवाह पछाडी कमेडी गर्दा विवाहित जीवनमा असर पर्नसक्ने आसय आँचलको रहेको थियो।
कार्यक्रममा कमेडियन खनालले फिल्मी कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी, अभिनेत्री पूजा शर्मा, युट्युव उत्सव रसाइली लगायत माथी समेत तिखो ब्यङ्ग्य प्रहार गरेका थिए।