रामायणका ‘रावण’ को निधन
काठमाडौं: हिन्दुहरूको पौराणिक ग्रन्थ रामायणमा आधारित भएर बनेको टेलिभिजन श्रृंखला ‘रामायण’ मा रावणको भूमिका निर्वाह गरेका भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ। ८२ वर्षीय त्रिवेदीको मंगलबार मुम्बईमा निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
हृदयघात भएर शरिरका विभिन्न अंगले काम गर्न छोडेपछि उनको निधन भएको बताइएको छ। ४० वर्ष गुजराती फिल्ममा काम गरेका त्रिवेदीले हिन्दी र गुजराती गरी झन्डै तीन सय फिल्ममा अभिनय गरेका थिए।
उनी सन् १९९१ मा भारतीय जनता पार्टीबाट लोक सभा सदस्य समेत बनेका थिए।