भुवन दाहाल र गणेश ओझाको ‘दाई परदेशी’ सार्वजनिक (भिडियोसहित)
धनगढी : चर्चित गायक भुवन दाहाल र उदाउँदा गायक गणेश ओझाको स्वरमा रहेको दस तिहार विशेष गीत दाई परदेशी सार्वजनिक भएको छ। नेपालीहरुको महान चाड दस तिहारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरिएको लगानीकर्ता एवं गायक गणेश ओझाले बताए।
आर्थिक अवस्था कमजोर भएका परिवारले चाडपर्व हर्षोल्लासका साथ मनाउन नसकेको यथार्थ चित्रण गरी गीत बनाइएको उनको भनाई छ। केही फरक तवरले कथागत रूपमा गीत तयार गरेकाले दर्शक, श्रोताको मन जित्ने गीतका निर्देशक सुरेन्द्र संगमले बताए।
गीतको शव्द बीरबहादुर बोहोराले लेखेका हुन भने लय गणेश ओझा र गोरख थापाले तयार गरेका हुन्। साधक रेकर्डिङ स्टुडियो धनगढीमा रेकर्ड भएको उक्त गीतको एरेन्ज संगीतकार शिशिर साधकले गरेका हुन्।
गीतमा चक्र बिष्ट, रितीक रोशन, डिल्लीराज ओझा र सरु रानीको अभिनय छ। श्रीराम फिलिम्सको दृश्य निर्माणमा तयार गरिएको उक्त गीतको छायांकन एवं सम्पादन अमित बिकले गरेका हुन्। गीत समर्पण मिडिया धनगढीबाट सार्वजनिक गरिएको हो।