सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका भट्टले गरे सुनिल शेट्टीलाई फिल्म खेल्ने अफर, ‘एक्स ९’ बनाउँदै

२०७८ असोज २२, ०३:५३ खबर संवाददाता

कैलाली: कैलालीका मुकुन्द भट्टले नयाँ फिल्म ‘एक्स ९’ बनाउने तयारी तिव्र पारेका छन्। एक्सन र थ्रिलर जनरेमा फिल्म निर्देशन गर्दै आइरहेका उनले यसअघि ‘लप्पन छप्पन’ निर्माण गरेका थिए।

अबको प्रोजेक्टमा अनमोल केसी, सौगात मल्लदेखि विदेशी कलाकारको सम्भावना रहेको बताइएको छ। साथै चर्चित बलिउड अभिनेता सुनिल सेठ्ठी पनि यो फिल्ममा अनुबन्धित हुनसक्ने बताइएको छ। मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन्। फिल्मको कुराकानी विभिन्न माध्यमबाट गरे पनि हालै उनले मुम्बईमा भेटेरै अफर गरेका हुन्। 

मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छन्। उनले लेखेका छन्, ‘उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नु भयो र मैले अपनाएको शैलीको तारिफ गर्नु भयो। उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ।’ साथै उनले उक्त कुराबारे केही दिनमा थप बताउने उल्लेख गरेका छन्। 

जनवरीदेखि काठमाडौं, युरोप र क्यानडामा उक्त फिल्मको सुटिङ गर्ने तयारी छ। भट्टको घर कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा हो। 

कमेन्ट लोड गर्नुस